आमहड्ताल सफल बनाउन प्रचण्ड सडकमा

आमहड्ताल सफल बनाउन प्रचण्ड सडकमा

२२ माघ, काठमाण्डौँ । आज घोषित आम हड्ताल सफल बनाउन नेकपा (दाहाल–नेपाल) समुहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि सडकमा उत्रिनुभएको छ । प्रचण्ड सातदोबाटो स्थित चोकमा देखिनुभएको थियो ।

प्रचण्ड–नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।

हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी श्रेष्ठले रत्नपार्कको जुलुसको नेतृत्व गरिरहनुभएको छ । त्यस्तै कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर