२१ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर नेपालको संविधानलाई कागजको खोष्टो बनाएको आरोप लगाउनुभएको छ ।
आफूले जिम्मेवारीताका साथ यो कुरा भनेको पनि उहाँले दाबी गर्नुभएको छ ।
उहाँले सामाजिक संञ्जालमा यस्तो लेख्नुभएको छ–‘दुनियाँ यहि समयको पर्खाईमा थियोः मैले नै बास्तविकता भनिदिउँ.. भने, जिम्मेवारीसाथ भनेको छु । पुष्टि गर्न नै के पो बाँकी रह्यो र अब? दुईजना मिलेर संबिधानलाई कागजको खोष्टो बनाए।हाम्रो संघर्ष र प्राप्त उपलब्धि के नै बाँकी रहने भयो र ?’