१७ माघ, काठमाण्डौँ । नेपाल कम्युष्टि पार्टी (नेकपा) केपी ओली समूहका नेता रामबहादुर थापा बादलले आफूर्ला ‘लालगद्दार’ भन्नेहरुलाई प्रतिप्रश्न गर्नुभएको छ । आज चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले केही साथीहरूले आफुलाई लालगद्दार भनेको बताउदैँ ‘म लालगद्दार भए उहाँहरू के गद्दार हो ? पार्टी फुटाउने उहाँहरु हो ।’ भन्दै प्रश्न गर्नुभयो ।
केहीअघि चितवनमा ‘बादल लालगद्दार’ भन्दै कालो बेलुन उडाइएको थियो । बादलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टीमा फुट पैदा गरेको आरोप पनि लगाउनुभयो ।
‘तपाईंहरूले जसरी पार्टीमा फुट पैदा गर्ने दुस्साहस गर्नुभएको छ, त्यसबाट पछाडि फर्किनुस्’, गृहमन्त्री समेत रहेका थापाले भने, ‘आफ्ना गल्ती स्वीकार्नुस्, आउनुस् पार्टीमा फर्किनुस्। जनता एकता चाहान्छन् ।’ उनीहरूलाई केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाका फर्किन पनि उहाँले अपील गर्नुभयो ।
बादलले प्रचण्ड–नेपाललाई गल्ती स्वीकार्दै सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्न पनि सुझाव दिनुभयो । साथै उहाँले ओली नेतृत्वको पार्टीमा आए मतपत्र च्यात्नु नपर्ने भन्दै कटाक्ष गर्नुभयो ।