१३ माघ, झापा । तराईमा केही दिन यता बढेको अत्यधिक चिसो र शितलहका कारण कठ्याङग्रियर मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–३ स्थित नयाँ बजारमा आज बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका–८ राजाबासका ५० वर्षीय नेप्टे शेर्पा मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार हाल मृतकको परिवार सम्पर्कमा आएको र शव पोस्टमार्टमका लागि मङ्गलवारे अस्पतालमा राखिएको छ ।
मृतक लामो सयम देखी सो क्षेत्रमा मागी खादै आएका थिए । उनी स्थानीय पार्टी पौवामा बस्ने गरेका स्थानियहरुले बताए ।