शुल्क फिर्ताको माग गर्दै आज दोस्रो दिन पनि दमक क्याम्पसमा अनेरास्ववियूद्धारा प्रर्दशन

शुल्क फिर्ताको माग गर्दै आज दोस्रो दिन पनि दमक क्याम्पसमा अनेरास्ववियूद्धारा प्रर्दशन


७ माघ, झापा । कोरोना कहरको समयमा बन्द रहेको क्याम्पसको मासिक शुल्क फिर्ता लिन माग गर्दै आज दोस्रो दिन पनि अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीले प्रर्दशन गरेको छ । गत चैत्र ११ गतेबाट मंसिम पहिलो सातासम्म बन्द रहेको समयको पनि दमक क्याम्पसले मासिक शुल्क असुलेको भन्दै अनेरास्ववियूले विरोधका कार्यक्रमहरु हिजो देखी सुरु गरेको हो ।

अनेरास्ववियू क्याम्पस कमिटीले गत पौष २६ गते दमक बहुमुखी क्याम्पस प्रमुख नेत्र बुढाथोकीलाई एक विज्ञप्ति बुझाएको थियो । विज्ञप्तिमा क्याम्पस बन्द रहेको समयको मासिक शुल्क लिने कार्य तत्काल रोक्न र लिईएका शुल्क पनि तत्काल फिर्ता गर्न माग गरिएको थियो । तर क्याम्पस प्रमुख बुढाथोकीले कुनै पनि हालतमा मासिक शुल्क फिर्ता नहुने बताएपछि विद्यार्थीहरु विरोधमा उत्रेका हुन् ।

दमक क्याम्पसको प्रसासनिक कार्यलय अगाडी आज भएको प्रर्दशनमा अनेरास्ववियूका नेता निशेष राईले क्याम्पसले जुस्तोसुकै हालतका पनि मासिक शुल्क मिनाहा गर्नुपर्ने बताउनुभयो । लकडाउनको समयमा विद्यार्थीहरु घरबसेको तर उक्त समयको विजुली महशुल, पानी महशुल, व्यवस्थापन खर्च भन्दै मनपरी रकम असुलेको आरोप लगाउनुभयो । प्राध्यापकलाई तलव खुवाउन क्याम्पस बन्द रहेको समय १० महिनाकै शुल्क तिर्नुपर्ने ? प्रश्न गर्दे उहाँले यो निर्णयबाट क्याम्पस पछि हट्नु पर्ने बताउनुभयो ।

क्याम्पस सभाहलबाट सुरुभएको विरोध प्रर्दशनमा क्याम्पस कमिटी अध्यक्ष भिजन चेम्जोङ, क्याम्पस कमिटी सचिव आविश खनाल लगायतले मन्तव्य राख्नुभएको थियो । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा गएर क्याम्पस बन्द रहेको समयको शुल्क मिनाहा गर, क्याम्पस प्रमुख मुर्दावाद, विद्यार्थी एकता जिन्दावादको नाराहरु लाएका थिए ।

क्याम्पस कमिटी उपाध्यक्ष तपस दुलालका अनुसार आउदो दिनहरुमा विरोधका कार्यक्रमहरुलाई अझै शशक्त रुपमा अघि बढाईने छ । रचनात्मक शान्तिपूर्ण आन्दोलनमा आफूहरु निरन्तर लागि रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर