क्याम्पस बन्द रहेको समयको मासिक शुल्कमा छुट माग्दै अनेरास्ववियूद्धारा दमक क्याम्पसमा प्रर्दशन

क्याम्पस बन्द रहेको समयको मासिक शुल्कमा छुट माग्दै अनेरास्ववियूद्धारा दमक क्याम्पसमा प्रर्दशन


६ माघ, झापा । कोरोना कहरको समयमा बन्द रहेको क्याम्पसको मासिक शुल्क फिर्ता लिन माग गर्दै आज अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीले प्रर्दशन गरेको छ । गत चैत्र ११ गतेबाट मंसिम पहिलो सातासम्म बन्द रहेको समयको पनि दमक क्याम्पसले मासिक शुल्क असुलेको भन्दै अनेरास्ववियूले विरोधका कार्यक्रमहरु सुरु गरेको हो ।

अनेरास्ववियू क्याम्पस कमिटीले गत पौष २६ गते दमक बहुमुखी क्याम्पस प्रमुख नेत्र बुढाथोकीलाई एक विज्ञप्ति बुझाएको थियो । विज्ञप्तिमा क्याम्पस बन्द रहेको समयको मासिक शुल्क लिने कार्य तत्काल रोक्न र लिईएका शुल्क पनि तत्काल फिर्ता गर्न माग गरिएको थियो । तर क्याम्पस प्रमुख बुढाथोकीले कुनै पनि हालतमा मासिक शुल्क फिर्ता नहुने बताएपछि विद्यार्थीहरु विरोधमा उत्रेका हुन् ।

दमक क्याम्पसको प्रसासनिक कार्यलय अगाडी आज भएको प्रर्दशनमा अनेरास्ववियूका नेता निशेष राई, क्याम्पस कमिटी अध्यक्ष भिजन चेम्जोङ लगायतले मन्तव्य राखेका थिए । क्याम्पस कमिटी सचिव आविश खनालले संञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरुले क्याम्पस बन्द रहेको समयको मासिक शुल्क मिनाहा गर, म्याम्पस प्रमुख मुर्दावाद, विद्यार्थी एकता जिन्दावादको नाराहरु लाएका थिए ।

क्याम्पस कमिटी उपाध्यक्ष तपस दुलालका अनुसार आउदो दिनहरुमा विरोधका कार्यक्रमहरुलाई अझै शशक्त रुपमा अघि बढाईने बताईएको छ । दैनिक जसो कार्यक्रमहरु गर्ने उनले बताए । भोली क्याम्पस प्रसाशन घेराउ गर्ने र क्याम्पस प्रमुखको कक्षमा गएर शुल्क फिर्ता गने सार्थै नारा लगाईने छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर