५ माघ, झापा । झापाको दमकमा आज एम्बुलेन्स र अटो रिक्सा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरीका कार्यलय दमकका अनुसार दमकको ताराबारी एरियामा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरित दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
बिहान करिब पौने १० बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक उर्लाबारी ४ का ५० बर्षिय विरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको बताईएको छ । दुर्घटनामा अन्य तीन जना घाईते भएका छन् ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।