को हुन् त मुख्यमन्त्री राई संग विवाह गर्न लागेकी ज्याङ्मु शेर्पा ?

को हुन् त मुख्यमन्त्री राई संग विवाह गर्न लागेकी ज्याङ्मु शेर्पा ?

३ माघ, काठमाडौँ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २५ वर्षभन्दा बढी उमेर अन्तर भएकी ज्याङ्मु एन शेर्पासँग विहे गर्न लाग्नुभएको खबरले सामाजिक संञ्जाल तातेको छ । ५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय शेर्पासँग विवाह गर्न लाग्नुभएको हो । मुख्यमन्त्री राईको विवाहबारे उहाँको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो ।

को हुन् त मुख्यमन्त्री राई संग विवाह गर्न लागेकी ज्याङ्मु शेर्पा ?


मुख्यमन्त्री राई संग विवाह गर्न लागेकी ज्याङ्मु शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् । उनले १९ वर्षको उमेरमा ‘मिस मंगोल नेपाल’को उपाधी जितेकी थिईन् । अहिले उनी २३ वर्षकी भईन् । मुख्उमन्त्री राई र उनको निकै उमेर अन्तर छ ।

१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’मा भाग लिएकी उनले त्यसलगत्तै विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन् ।

मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर