अनेरास्ववियू दमक बहुमुखी क्याम्पसको अध्यक्षमा चेम्जोङ

अनेरास्ववियू दमक बहुमुखी क्याम्पसको अध्यक्षमा चेम्जोङ


३ माघ, झापा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को दमक बहुमुखी क्याम्पस सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।

क्याम्पसको सभाहलमा बसेको बैठकबाट सम्मेलन आयेजक कमिटिको अध्यक्षमा भिजन चेम्जोङ(लिम्बू), उपाध्यक्षमा तपस दुलाल, सचिवमा अविस खनाल, सह–सचिवद्धयमा मिक्सन गुरुङ, विकास आचार्य र कोषध्यक्षमा निर्मला आङथुपो चयन भएका छन् ।

बैठकले ६१ जनाको सम्मेलन आयेजक कमिटी गठन गरेको अध्यक्ष चेम्जोङले जानकारी दिनुभयो । सविन आचार्यको अध्यक्षतामा बसेको बैठकमा अनेरास्ववियूका केन्द्रिय सदस्य दिपेश दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

वैठकमा अनेरास्ववियूका केन्द्रिय सदस्यहरु सन्तोष दुलाल, सुमन वञ्जरा लगायतले विधार्थी संगठन र यसको भूमिकाको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर