लिम्बु विद्यार्थी मञ्च इलामका अध्यक्ष योङहाङद्वारा विद्यालयलाई आर्थिक सहयाेग

लिम्बु विद्यार्थी मञ्च इलामका अध्यक्ष योङहाङद्वारा विद्यालयलाई आर्थिक सहयाेग

२८ पाैष, इलाम । लिम्बु विद्यार्थी मञ्च इलामका अध्यक्ष अतित योङहाङले आफ्नाे जन्मदिनकाे अवसरमा सहयाेग रकम प्रदान गरेकाे छ ।

माङसेबुङ २ स्थित सरस्वती आधारभुत विद्यालयले स्थापना गरेकाे अक्षयकाेषमा याेङहाङले पाँच हजार रुपैयाँ सहयाेग गरेका हुन्। याेङहाङले साे रकम विद्यालयका प्रध्यानध्यनपक अम्बिकाप्रसाद राईलाई हस्तान्तरण गरेका थिए ।

आफु कखरा पढ्न सुरु गरेकाे विधालयको अक्षयकोषमा सहयाेग गर्न पाउँदा खुसि भएकाे याेङहाङले बताएका छन् । विगतका वर्षहरुमा साथहरुसँग भेटघाट गरि जन्माेत्सव मनाउने खर्च यस वर्ष आफुलाई अक्षर चिनाउने विद्यालयलाई दिन पाउनु  गाैरव महसुस भएकाे उनले वताए । उनले भने “थाेरै भएपनि सहयाेग गरे आगामि दिनमा समेत सहयाेग निरन्तर गर्नेछु ।”

विद्यालयले स्थापना गरेकाे अक्षयकाेषमा आर्थिक सहयाेगकाे आह्वान गरिरहेकाे समयमा जन्मदिनकाे अवसरमा याेङहाङले गरेकाे आर्थिक सहयाेग कार्य सराहनीय रहेकाे विद्यालयका शिक्षक अरुण राई बताउछन् । सहयाेगकाे कुनै आकार नहुने र सहयाेग कुनै सानाे कुनै ठुलाे नहुने शिक्षक राई बताउछन् । राईले विद्यालयकाे अक्षयकाेषमा मनै देखि सहयाेग गर्न समेत सबैमा आह्वान गरे ।

याेङहाङ आदिबासी  जनजाति पत्रकार महासंघ लगायत आधा दर्जन संस्थामा आवद्ध छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270