७ पौष, काठमाण्डौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन रोक लगाएको छ ।
कोरोना महामारीको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो ।
भोलि राति १२ बजेदेखि अर्काे सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने जनाईएको छ ।
पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाएका छन् ।