प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी विरुद्ध सर्वाेच्चमा रिट दायर

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी विरुद्ध सर्वाेच्चमा रिट दायर


१ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो (मंगलबार) जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको हो ।

अधिवक्ता ओमप्रकाश अर्यालले आज अदालत खुले लगत्तै रिट पेश गर्नुभएको हो । तर, रिट दर्ता भने भइसकेको छैन ।

अधिवक्ता अर्यालका अनुसार रिट दर्ताको लागि सर्वाेच्च प्रशासनले अध्ययन गरिरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध पनि अर्यालले नै रिट दायर गर्नुभएको थियो । उहाँकै रिटका आधारमा कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुन अयोग्य ठहरिएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर