स्वयम्भूको स्तुपा नहटाउने मन्त्री नेम्वाङको भनाई

स्वयम्भूको स्तुपा नहटाउने मन्त्री नेम्वाङको भनाई


२५ मंसिर, काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चक्रपथ विस्तारका क्रममा स्वयम्भूको स्तुपा नहटाउने बताउनुभएको छ । ‘स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं’ अभियानको ज्ञापनपत्र बुझ्दै मन्त्री उहाँले विश्वसम्पदा क्षेत्रभित्रका बुद्धको हजार मूर्ति स्तुपा नहटाउने विश्वास दिलाउनुभएको हो ।

उहाँले सडक विस्तारका क्रममा कम्तीमा पनि स्वयम्भू क्षेत्रमा रहेको बुद्धको हजार मूर्ति स्तुपा जोगाउनुपर्छ भन्नेमा आफू रहेको पनि स्पष्ट पार्नुभयो । आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तुपा जोगाउनुपर्छ भन्ने प्रस्ट भएको भन्दै उहाँले प्राविधिकरुपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरु पनि सम्पदा जोगाइने बताउनुभयो ।

सरकार विभिन्न समुदायको संस्कृति संरक्षणमा मात्र नभएर नयाँ चरणमा विकास गर्न लागिपरेको मन्त्री नेम्वाङको भनाई छ । स्वयम्भूजस्तो विश्वसम्पदा सूचीमा रहेका क्षेत्रहरुको संंरक्षण मात्र होइन अझ विकास गरेर लैजाने कुरामा सरकारको नीति कार्यक्रममा स्पष्ट रहेको मन्त्री नेम्वाङको भनाई रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर