मुन्धुम ट्रेल पदमार्गमा राज्यको लगानी बढ्यो

मुन्धुम ट्रेल पदमार्गमा राज्यको लगानी बढ्यो


२३ मंसिर, खोटाङ्ग । मुन्धुम ट्रेल पदमार्गमा राज्यको लगानी बढेको छ । नेपालको नयाँ पर्यटकीय गन्तव्यको रुपमा घोषणा भएसँगै यस क्षेत्रमा राज्यको चासो बढेको हो ।

पूर्वीपहाडी जिल्ला भोजपुर, खोटाङ्ग, सोलुखुम्बु तथा सङ्खुवासभा सीमाक्षेत्रमा रहेको यो पदमार्ग नेपाल सरकारले घुम्नैपर्ने १०० पर्यटकीय गन्तव्यभित्रको सूचीमा परेपछि स्थानीय र सरोकारवाला निकै उत्साही बनेका छन् ।

प्राकृतिक सुन्दरताले भरिएको ठाउँको भ्रमण गर्न विदेशी पर्यटक वर्षेनी हजारौँको सङ्ख्यामा नेपाल भित्रिने गर्छन् । तीमध्ये धेरैजसो लेक लाग्ने समस्याले उच्च हिमाल, पहाड चढ्न नसक्ने तर हिमाललाई नजिकबाट हेर्न चाहाने पर्यटकलाई उपयुक्त हुनेगरी नेपालमै थुप्रै पदमार्ग खोलिएका छन् । धेरै पर्यटकीय सम्भावना बोकेका त्यस्ता पर्यटकीय पदमार्गमध्ये छिमेकी जिल्ला खोटाङसँग जोडिएको मैयुङ क्षेत्र पर्यटकीय पदमार्ग ‘मुन्दुम ट्रेल’ विकास भइरहेको छ ।

भोजपुरको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्य बनाउने लक्ष्यका साथ टेम्केमैयुङ गाउँपालिका पनि जुटेको छ । उक्त मुन्दुम पदमार्गमा दुई हजार ४०० मिटरदेखि तीन हजार ३०० मिटरको दुरीमा उकालोओरालो गर्दै डाँडैडाँडामा पैदलयात्रा गर्न सहज हुन्छ ।

यस मार्गबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खलाको दृश्यालोकन गर्न सकिन्छ । त्यसका लागि पदमार्गमा जाने आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यान राख्दै संरचनाहरु निर्माण भइरहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर