लाइसेन्स नवीकरणको समय थप, मंसिर समान्तसम्म जरिवाना नलाग्ने

लाइसेन्स नवीकरणको समय थप, मंसिर समान्तसम्म जरिवाना नलाग्ने

२३ मंसिर, काठमाण्डौँ । मंसिर समान्तसम्म लाइसेन्स नवीकरण गर्दा जरिवाना नलाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको छ ।

यातायात व्यवस्था कार्यालयले एक सुचना जारी गर्दे मन्त्रिपरिषद्को निर्णय अनुसार लाइसेन्स नवीकरणमा लाग्ने जरिवाना मंसिर मसान्तसम्म छुट भएको सूचना सार्वजनिक गरेको छ ।

यसअघि कोरोना संक्रमणका कारण लकडाउन भएपछि भाद्र मसान्तसम्म नवीकरण गर्न सकिने सूचना जारी गरिएको थियो ।
तर, भाद्र मसान्तसम्म पनि लकडाउन पूर्ण रुपमा नहटेको, चाडपर्व तथा विविध कारण कार्यालयहरु पूर्ण रुपमा नखुलेकाले मंसीरसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने व्यवस्थाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गएको थियो । सोही प्रस्ताव बमोजिम मन्त्रिपरिषद्ले मंसीरमसान्तसम्म लाइसेन्स नवीकरण गर्दा जरिवाना नलिने निर्णय गरेको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर