इटहरीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जारी

इटहरीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जारी

१३ मंसिर, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका सम्पुर्ण वडाहरुमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका २० वटै वडामा गठित किशोरी साथी समूह, प्रतिरक्षा समूह र महिला संजाल सँग वडा–वडामा अन्तरक्रिया भईरहेको छ ।

इटहरीका २० वटै वडाहरुमा ६३ वटा किशोरी साथी समूह र २० वटा प्रतिरक्षा समूह सकृय छन् ।

यसै क्रममा शुक्रबार वडा नम्वर १९ र २० मा अन्तरक्रिया भएको छ । कार्यक्रममा लैगिंक हिंसाको अवस्था, चुनौती, साथी समूह र प्रतिरक्षा समूह गठन भएपछि गरिएका कार्य, समस्या लगायतका बिषयमा अन्तरक्रिया भएको छ । २० वटै वडामा अन्तरक्रिया गरेर त्यसैका आधारमा वार्षिक कार्ययोजना बनाइने उपप्रमुख गौतमले बताउनुभयो ।

खुल्ला ठाँउमा स्वास्थ्य सुरक्षाका सवै उपाय अवलम्बन गरेर कार्यक्रम गर्दै १२ देखि २३ गतेसम्म अन्तरक्रिया कार्यक्रम गरिने उहाँले बताउनुभयो । अपांङ्गता भएकाहरु, बालबालिका र जेष्ठ नागरिकका लागि छुट्टा छुट्टै कार्यक्रमहरु तय गरिएको उपप्रमुख गौतमले बताउनुभयो ।

लैङ्गिक हिंसा विरुद्धको अभियानका क्रममा न्यायिक समति संयोजक उपमेयर गौतम, न्यायिक समिति सदस्यहरु, महिला सदस्यहरु, महिला संजाल सहित सबै वडाका टोल टोलमा पुगेर अन्तरक्रिया सुरु गरिएको उपमेयर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर