११ मंसिर, मोरङ । मोरङको रंगेली नगरपालिकामा स्थानियले नियन्त्रणमा लिएको जंगली हरिणलाई प्रहरीले वन कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कायार्लय मोरङका अनुसार रंगेली नगरपालिका वडा नम्वर ३ मा पोखरी छेउमा आएको भाले हरिण स्थानियवासीले आज नियन्त्रणमा लिएका थिए ।
स्थानियले हरिण नियन्त्रणमा लिएको भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट त्यहाँ पुगेको प्रहरी टोलीले उक्त हरिणलाई आमतोला स्थित सब डिभिजन वन कार्यालयमा बुझाएको जिल्ला प्रहरी कायार्लय मोरङले जनाएको छ ।