९ मंसिर, झापा । झापामा आज १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा ५१ महिला र ६० पुरुष रहेका छन् । आज थपिएका संक्रमितहरु सबै स्थानीय भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
थपिएका संक्रमितहरुमा दमकका ११, बिर्तामोडका २३, गौरादहका २६, मेचीनगरका ४, भद्रपुरका ५, कन्काईका ९, हल्दिबारीका ३, बुद्धशान्तिका ६, अर्जुनधाराका ५, बाह्रदशीका १, कचनकवलका ४, शिवसताक्षीका ४, कमलका २ र अन्य ठेगाना भएका ८ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताउनुभयो ।
योसँगै हाल झापामा कुल संक्रमितको संख्या तीन हजार ४७२ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या दुई हजार ३२९ रहेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या एक हजार ४४ जना रहेको छ ।
जिल्लामा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना महिला भद्रपुरका र एक जना पुरुष दमकका रहेका छन् । योसँगै झापामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।