आज थपिए १७९० जना कोरोना संक्रमित

आज थपिए १७९० जना कोरोना संक्रमित

९ मंसिर, काठमाण्डौँ । आज थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा ७२१ महिला र १०६९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । उनीहरुमध्ये १३६२ जनाको मृत्यु भएको छ भने २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २७९१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङमा जनाएको छ ।

हाल देशभर १७ हजार ८५९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३९३ जनाको आईसीयू र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर