नेकपा सचिवालय बैठक तोकिएकै समयमा बस्छः प्रवक्ता श्रेष्ठ

नेकपा सचिवालय बैठक तोकिएकै समयमा बस्छः प्रवक्ता श्रेष्ठ

३ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक तोकिएकै समयमा बस्ने बताउनुभएको छ । बैठक आज दिउँसो एक बजे पुर्व निर्धारित समयमै बालुवाटारमा बस्ने बताउनुभएको हो ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत सचिवालय बैठक निर्धारित समयमै बस्ने जानकारी दिनुभएको हो ।

आज दिउँसो एक बजे नै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएपछि प्रवक्ता श्रेष्ठले सचिवालय बैठक नरोकिने उल्लेख गर्नुभएको हो । उहाँले लेख्नुभएको छ–‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्वनिर्धारित कार्यक्रम अनुसार आज अपरान्ह १ बजे बालुवाटारामा बस्दैछ ।’

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सचिवालय बैठक बोलाउनुपर्ने पक्षमा हुनुहुन्छ । तर, प्रधानमन्त्री ओली भने सचिवालय बैठक स्थगित गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर