प्रधानमन्त्री ओलीको ताप्लेजुङ आउने कार्यक्रम स्थगन

प्रधानमन्त्री ओलीको ताप्लेजुङ आउने कार्यक्रम स्थगन


२ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ आउने कार्यक्रम स्थगन भएको छ । आउँदो मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ओली ताप्लेजुङ आउने कार्यक्रम रहेकोमा स्थगन भएको जानकारी आफूलाई प्राप्त भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो ।

जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आउँदो मङ्सिर ५ गते ताप्लेजुङ आउने तयारी भएको थियो ।

यता विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमालको फेदी तथा तीन हजार ५०० मिटरमा अवस्थित घुन्सा गाउँमा प्रधानमन्त्री ओली आउने खबरले खुशीका साथ स्वागतद्वार निर्माण तथा गाउँ सरसफाइ कार्यक्रमस्थल सजावट गरिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर