लक्ष्मी पुजाकै साँझ प्रधानमन्त्रीको गृह नगर दमकमा पटक–पटक लोडसेडिङ

लक्ष्मी पुजाकै साँझ प्रधानमन्त्रीको गृह नगर दमकमा पटक–पटक लोडसेडिङ


२९ कार्तिक, झापा । झापाको दमकमा लक्ष्मी पुजाकै साँझ पटक पटक लोडसेडिङको भएको छ । उर्जा मन्त्रालयले तिहारको समयभरी लोटसेडिङ हुँन नदिन पुर्व तयारी गर्न केहि समय अगाडी नै निर्देशन दिए पनि प्रधानमन्त्री केपी ओलीकै गृह नगर समेत रहेको दमकमा लक्ष्मी पुजाकै साँझ पटक पटक विद्युत् आपुर्ती बन्द भएको हो ।

लक्ष्मी पुजाको साँझ घरमा एैश्वर्यकी देवी लक्ष्मीको पुजाआराधाना संगै झिलिमीली बत्ती बाल्ने गरिन्छ । यसले गरेर विद्युत् भार अत्याधिक हुने गर्दछ । उर्जा मन्त्रालयले यस समयका लागि पुर्व तयारी गर्न मातहतका नेपाल विद्युत् प्राधिकारण कार्यलय तथा विद्युत् वितरण केन्द्रहरुलाई निर्देशन नै दिएको थियो । तर दमक वितरण केन्द्रले यस निर्देशनको वेवास्ता गरेको छ ।

दमकमा विद्युत् भार बढेको कारण केही क्षेत्रहरुमा समस्या आएको नेपाल विद्युत् प्रधिकरण दमक वितरण केन्द्रले जनाएको छ । तर त्यसमा कार्यलयकै कर्मचारीहरुको भनाई पनि एक मत छैन । ग्राहक सेवाका लागि खुल्ला गरिएको ०२३५८१५६५ मा सम्पर्क गरेर बुझ्दा कुनै कर्मचारीले केन्द्रीय प्रसारण लाईनमै समस्या आएको बताउछन्, केही कर्मचारीले विद्युत् भार बढेको भन्दै ट्रान्सफर्मर जलेको बताउँछन् ।दमकमा आज साँझ मात्र ३/४ पटक लाईन काटियो ।

दमक–९ बरगाछीका एक स्थानियले ईन्भर्टर व्यवसायीहरुसंग मिलेर कर्मचारीले लोडसेडिङ गरेको आरोप लगाए । लक्ष्मी पुजाको साँझ मात्र नभएर अन्य सायमा पनि विभिन्न बाहाना गरेर दमकमा लोडसेडिङको गर्ने गरेको उनको भनाई छ ।

सामान्य समयमा पनि दमकमा दिनमा १०/१२ पटकसम्म लाईन जाने गरेको स्थानियहरुको आरोप छ । त्यसमा सरोकारवाला निकायले चासो देखाउनु पर्ने उनिहरुको सुझाव छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर