२८ कार्तिक, इलाम । इलामको नेपाल भारत सीमा क्षेत्र सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा शसस्त्र प्रहरीको नयाँ बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । एक कार्यक्रमका बिच जिल्लाको तेश्रो बीओपी स्थापना गरिएको हो ।
सशस्त्र प्रहरी बल नम्बर–१ बराह बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल गिरी र प्रदेश सांसद खिनु लङ्वा लिम्बुद्धारा संयक्त रुपमा बीओपीको उद्घाटन गरिएको छ ।
पर्यटकीय क्षेत्र कालपोखरी आसपासका क्षेत्रमा सीमा सुरक्षा संगै अवैध गतिबिधि नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएको जनाईएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद खिनु लङ्वा लिम्बुले बोर्डर क्षेत्रका जनताले बिगतमा भोग्दै आएको सुरक्षा चुनौती अन्त्य भएको बताउनुभयो । उहाँले भारतीय पक्षबाट बारम्बार हेपाई खाइरहेका जनताहरु नेपाल तर्फ सुरक्षा संयन्त्र स्थापनाबाट सुरक्षित महसुस गर्ने विश्वाश व्यक्त गर्नुभयो ।
भारत तर्फ सीमा क्षेत्रमा प्रत्येक तीन÷तीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को क्याम्प स्थापना गरिएको भए पनि नेपाल तर्फको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा नेपाली भूमी अतिक्रमण बढ्नुका साथै बन्यजन्तुको समेत चोरी निकासी हुँदै आएको थियो ।
बीओपी उद्घाटन पछि बोल्दै शसस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल गिरीले स्थानीय समुदायको मन जित्ने गरी काम गर्न आफु मातहतका प्रहरीलाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा बोल्दै सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले स्थानीय बासिन्दाले मात्र नभई बीओपी स्थापना पछि पर्यटकहरुले समेत सुरक्षित महसुस गर्न पाउने बताउनुभयो ।
त्यस्तै माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले सिमाका विओपी स्थापना हुनु सकारात्मक काम भएको बताउनुभयो । उहाँले राष्ट्रियताको हिसाबमा कमजोर रहेको सरकार अहिले सिमा रक्षामा जागरुक भइरहँदा सिमा क्षेत्रका बासिन्दाहरुले शान्ति र अमनचयनको महसुस गरेको बताउनुभयो ।
इलाम जिल्लाको रोङ गाउँपालिकाको तिरीङ देखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मको ५२ दशमलब ५ किलोमिटर क्षेत्रमा रहेको छ । ती क्षेत्रमा रहने ६ वटा बीओपी मध्ये सलकपुर, समालबुङ र छब्बीसेमा यस अघि नै स्थापना भएका छन् ।
मंसिर महिनाभित्रै जौवारीर मानेभञ्ज्याङमा समेत विओपीको उद्धघाटन गरिने इलाममा शसस्त्र प्रहरी उपरिक्षक सुधिरजंग थापाले बताउनुभयो ।