२८ कार्तिक, इलाम । इलाममा पहिलो पटक काग सम्मेलन भएको छ । ‘बृहत १७ औं काग सम्मेलन २०७७’ इलाम नगरपालिकास्थित चोक बजारमा आज सम्पन्न भएको हो ।
हरेक वर्ष काग तिहारका दिन भएभरका कागलाई बटुल्न काग सम्मेलन गर्दै आइएको छ । यस वर्ष भने कागे राष्ट्रिय संगीतकर्मी समितिका केन्द्रीय उपाध्यक्ष तथा सम्मेलन कर्ता रमेश दुलालले पहिलो पटक आफ्नै गृहजिल्लामा आएर सम्मेलन गरेको राष्ट्रिय लोक सांस्कृतिक संघ तथा दुलाल बन्धु सेवा समितिले जनाएको छ ।
समाजका अनुसार, यस वर्ष उल्लेखनिय मात्रामा काग भेला भने भएन । चोकमा हल्लाका कारण काग कम आएको भन्दै माइस्थान मन्दिरमा समेत सम्मेलनकर्ता दुलालले कागको आवाज निकालेर कागलाई डाकेका थिए ।
सम्मेलन राष्ट्रिय लोक सांस्कृतिक संघ तथा दुलाल बन्धु सेवा समिति इलाम मलातेको आयोजना कार्यक्रम सम्पन्न भएको हो । -file photo.