दमकको मुख्य क्षेत्रमा सरसफाई तथा सेनिटाईज अभियान

दमकको मुख्य क्षेत्रमा सरसफाई तथा सेनिटाईज अभियान


२६ कार्तिक, झापा । झापा दमकको गणतन्त्र चौक परिसरमा सरसफाई गरिएको छ । हेप्पी नेपाल र सानो प्रयास युवा समाज दमकको अगुवाईमा फुलको बगैचा भित्रको खाली स्थानमा जतासुकै रहेको दिसा तथा अन्य फोहोरको सरसफाई गरिएको हो ।

दमकको मुख्य क्षेत्र मानिने गणतन्त्र चौकको फूलको बगैचामा नगरपालिकाको सरसफाई शाखाले वेवास्ता गरेकाले जतासुकै दिसा गरी दुर्गन्ध फैलिएकाले सरसफाई गरिएको हेप्पी नेपाल दमकका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।

हेप्पी नेपाल र सानो प्रयास युवा समुहले दमकको प्रहरी हिरासत, आकाशे पुल, मानिसहरुको भीडभाड हुने दमक बस पार्क र सेवा प्रदायक सरकारी कार्यालयहरुमा सेनीटाइजर स्प्रे गर्ने काम समेत गरेको संस्थाका अध्यक्ष कुमार गुरुङ्गले बताउनुभयो । अहिलेको कोरोना संक्रमणको जोखिम अवस्थामा त्यसको भाइरसले अरुलाई पुनः संक्रमण नगरोस भनेर इलाका प्रहरी कार्यालय दमकको हिरासत, प्रहरी ब्यारेक, इलाका प्रशासन कार्यालय दमकको कार्यालय परिसरमा सेनीटाइजर स्प्रे गरिएको उहाँको भनाई छ ।

सेनीटाइजर स्प्रेसंगै दमकको आकाशे पुल, दमकको पूर्वको बसपार्क लगायतका ठाउँको पनि सरसफाइ गरिएको हेप्पी नेपालको डिआइसी इन्चार्ज जीवन नेपालीले बताउनुभयो । सो सरसफाई अभियानमा दमक–५ का वडाअध्यक्ष इन्द्र गुरुङ्ग, इलाका प्रशसान कार्यालय दमक प्रमुख कृष्ण आचार्य, इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख विजय राज पण्डितको प्रहरी टोली, सानो प्रयास युवा समाजका अध्यक्ष सुरज श्रेष्ठको युवाको टोली, सामाजिक अगुवा साथै सर्वसाधारण सहभागीता थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर