रौतहट ९ साउन / रौतहटमा बकैयाको पानी करुनियाको बाधबाट गौर छिरेपछि स्थानीय त्रसित हुन थालेका छन् । जिल्लाको चन्द्रनिगाहपुर गौर सडक खण्ड स्थित सबगढा लच्काबाट गौर नगरपालिकामा पानी पस्न थालेको स्थानियले जानकारी दिनुभयो । पहिलेको तुलनामा नभएपनि गौरमा पुन पानी भरिने स्थानीयको भनाइ रहेको छ । सो लच्कामा साना सवारी साधानको आवगमन बन्द भएको बताईको छ ।