२६ कार्तिक, ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले मदन भण्डारी राजमार्ग आगामी दुई वर्षभित्रमा कालोपत्रे भईसक्ने दावि गर्नुभएको छ ।
गृह जिल्ला ताप्लेजुङको आठवटै स्थानीय तहहरुमा पुगेर स्थानिहरुसंग प्रत्यक्ष भेटघाट गर्दे मैवाखोला गाउँपालिकामा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले सो कुरो बताउनुभएको हो ।
उहाँले यसै वर्षदेखि दुई तर्फबाट राजमार्गको कालोपत्रे गर्ने काम शुरुआत गरिने बताउनुभयो ।
मित्रराष्ट्र चीनसँग ९ वटा नाका खुल्ने अघिल्लो वर्षमै सम्झौता भइसकेकाले तामोर कोरिडोरले तीव्रता पाउँदै जाने पनि उहाँको भनाइ थियो ।
-रासस