झापाका पत्रकार राई सम्मानित हुँदै

झापाका पत्रकार राई सम्मानित हुँदै


२५ कार्तिक, झापा । नेपाल पत्रकार महासंघ झापाका सदस्य पत्रकार अनिल देव राई पुरस्कृत हुनुहुने भएको छ । सतासी प्रेस क्लब शिबसताक्षीद्धारा स्थापना भएको मनहाङ स्मृती पुरस्कार यस बर्ष पत्रकार राईले पाउनुहुँने भएको हो ।

लामो समय देखि पत्रकारीतामा क्रियाशील राई नेपाल पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य, प्रेस संगठन झापा जिल्ला सदस्य तथा हाम्रो सरोकार डट कमका संञ्चालक÷सम्पादक हुनुहुन्छ । उहाँ शिवसताक्षी नगरपालिकाका पुर्व प्रेस संयोजक समेत हनुहुन्छ ।

गत शनिबार प्रेस क्लबका अध्यक्ष छविलाल दवाडीको अध्यक्षतामा बसेको बैठकले पत्रकार राईलाई सम्मान गर्ने निर्णय गरेको हो ।

यस अघि प्रथम अधिवेशनमा पत्रकार बिनोद सापकोटालाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रम आउदो मंसिर ६ गते हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर