अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने अर्थमन्त्रीको प्रतिवद्धता

अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने अर्थमन्त्रीको प्रतिवद्धता


८ कार्तिक, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले कोरोना महामारीले तहसनहस पारेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने बताउनुभएको छ ।

आज न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने लगायतका विषयमा रणनीतिक रुपमा अगाडि बढ्ने तयारीमा आफू लागेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले पुँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनु आवश्यक भएकोमा पनि जोड दिनुभयो ।

कतिपय कानुनी प्रावधानका कारण पुँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानुनहरुलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्री पोडेलले उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर