पूर्वराजा शाहलाई सूर्य थापाको सुझावः पहिला पारशको अभिभावकत्व ग्रहण गर्नुहोस्

पूर्वराजा शाहलाई सूर्य थापाको सुझावः पहिला पारशको अभिभावकत्व ग्रहण गर्नुहोस्


७ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना दिँदा संकटको बेला नेपाली जनता टुहुरा भएको र अब कसले अभिभावकत्व गहण गर्ने भनेर दिएको वक्तव्य नै गलत भएको बताउनुभएको छ । आज विहा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा कुरा गर्दै उहाँले यस्तो बताउँनुभएको हो ।

कुराकानीको क्रममा थापाले भन्नुभयो–‘पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनता टुहुरा भएका छन अब कसले अभिभावकत्व ग्रहण गर्ने भन्नु स्वभाविक हो । तर, जनताले के सोधिरहेका छन् भने उहाँका एकमात्र सुपुत्र पारश शाह खर्चविहीन भएर युट्युबहरुमा कुन हालतमा देखिनुभएको छ, पोखरामा, कहाँ, आफ्नो एकमात्र छोरालाई टुहुरो बन्न दिन भएन । उहाँको अभिभावकत्व ग्रहण गर्नुपर्यो । उहाँलाई हेरबिचार गर्नुपर्यो । उहाँलाई लालनपालन गर्नुपर्यो । उहाँको यो बेहाल अवस्था हुन भएन । यो टुहुरो जनता भए भन्ने तर बास्तवमा उहाँको एकमात्र सुपुत्र टुहुरोजस्तो भौतारिने स्थिति हुनुभएन । उहाँले गलत वक्तव्य दिनुभएको छ । सही कुरा चाहीँ यो हो भन्ने म जानकारी गराउन चाहन्छु ।’

उहाँले गोप्य रुपमा भेट्ने, खुसामत गर्ने र षड्यन्त्रकारी योजनाहरुमा सामेल हुनेहरुले प्रधानमन्त्रीसँग ‘रअ’ प्रमुखले गरेको शिष्टाचार भेटलाई प्रोटोकल नमिलेको भन्न नसुहाउने पनि बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर