लकडाउनको समयमा पनि इलाममा ८० किलोमिटर विद्युत प्रशारण लाइन निर्माण

लकडाउनको समयमा पनि इलाममा ८० किलोमिटर विद्युत प्रशारण लाइन निर्माण

६ कार्तिक, इलाम । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले लकडाउनको समयमा पनि ८० किलोमिटर विद्युत प्रशारण लाइन निर्माण गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७६÷०७७ मा ६० किलोमिटर लो–टेन्सन लाइन र २० किलोमिटर हाईटेन्सन लाईन विस्तार गरेको जनाएको छ ।

लो–टेन्सन लाइन विस्तारका लागि चार हजार विद्युतिय पोल गाडिएकोमा १२ सय पोलमा विद्युत चार्ज गरि उपभोक्ताका घरमा वितरण गरिसकिएको छ । त्यस्तै हाईटेन्सन लाइन विस्तारका लागि पाँच सय ५० विद्युतिय पोल विस्तार गरेकोमा चार सय ११ वटामा विद्युत चार्ज गरिएको प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख पंकज गोइतले बताउनुभयो ।

विद्युत् विस्तारसँगै आर्थिक वर्ष २०७६/०७७ मा ५० वटा ट्रान्सफर्मर जडान गरिएको छ । विद्युत उत्पादन र वितरण तिब्र हुँदै गएपनि इलामको अझै ३१ प्रतिशत जनसंख्याको घरमा भने विद्युतको उज्यालो पुगेको छैन । त्यसका लागि अहिले प्रशारण र वितरण लाइन निर्माणको कामले तिब्रता पाएको छ ।

विद्युत् विस्तारका लागि आर्थिक वर्ष २०७६/०७७ मा संझौता भएका ठेक्काको काम पनि धमाधम निर्माणको काम हुँदै आएको प्राधिकरण इलाम वितरण केन्द्रका इञ्जिनियर सरोजकुमार चौधरीले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270