कोरोना महामारीले अचाक्ली बढायो ल्यापटप–कम्युटरको मुल्य

कोरोना महामारीले अचाक्ली बढायो ल्यापटप–कम्युटरको मुल्य


६ कार्तिक, काठमाण्डौँ । अहिले कोरोना महामारीलाई देखाउँदै ल्यापटप तथा डेस्कटप कम्प्यूटरको मूल्य व्यवसायीहरुले ह्वात्तै बढाएका छन् । चैत्रमा ६० हजार रुपैयाँ पर्ने डेलको आइ फाइभ टेन जेनेरेसन ल्यापटप कम्प्यूटर अहिले ८५ हजार रुर्पौँयासम्म पर्न थालेको छ । ८ महिनामा त्यसको मूल्य लगभग २५ हजार रुपैयाँले बढिसेकेको छ ।

अनलाइन क्लासले ल्यापटपको माग बढाएको र स्टक समेत नरहने अवस्था आएकोले मूल्य बढेको व्यवसायीहरु बताउछन् । तर व्यवसायीनै पिच्छे कम्प्यूटरको मूल्य मनलाग्दी भन्ने गरेको देखिन्छ ।

एचपी र लेनेभोका डिस्ट्रीब्यूटर प्रज्वल तन्डुकार भने अनलाइन क्लासले मूल्य बढाएको नभइ अन्तर्राष्ट्रिय स्तरमै मूल्य बढेको बताउँनुहुन्छ । उहाँ ४३ हजार पर्ने आइथ्री ल्यापटप अहिले ६० हजार पर्ने बताउँनुहुन्छ । अहिले हरेक ब्राण्डको हरेक ल्यापटप तथा डेस्कटपको मूल्य १० देखि २५ हजार रुपैयाँसम्म बढेको छ ।

यद्यपि, व्यवसायी नै पिच्छे कम्प्यूटरको मूल्य फरक—फरक छ । कुपण्डोलको टोपाज आइटि इन्टरनेशनलका प्रज्वल श्रेष्ठ कोरोनाको कारणले चार्टर जहाजबाट कम्प्यूटर ल्याउँदा भाडा महँगो पर्न गएकाले मूल्य बढेको बताउँनुहुन्छ ।

डेल, एचपी र लेनोभोको ल्यापटपको पहिले र अहिलेको मूल्य यस्तो छः

आइथ्री ल्यापटपको पहिलेको मूल्य ४३ हजार रुपैयाँ थियो भने अहिलेको बजार मूल्य ५६ हजार रुपैयाँ रहेको छ ।

आइफाइभ टेन जेनेरेसनको पहिलेको मूल्य ६० हजार रुपैयाँ थियो भने अहिले ७० हजार रुपैयाँ रहेको छ ।

आइसेभेनको पहिलेको मूल्य ७० हजार रुपैयाँ थियो भने लकडाउनपछि यसको मूल्य ९० हजार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर