
५ कार्तिक, झापा । झापाको भद्रपुर नगरपालिका–९ मा प्रहरीद्धारा एक हजार लिटर घरेलु मदिरा हिजो साझ नष्ट गरिएको छ । प्रहरी चौकी घोडामाराले बरामद गरेको उक्त मदिरा खाल्डोमा पुरेर नष्ट गरिएको हो ।
प्रहरीले सरकारले प्रतिबन्ध गरेको घरेलुु मदिरा उत्पादन गरी बिक्री वितरण गरी रहेको र मदिरा सेवन गरी समाजमा दिनहुँझै झगडा हुने गरेको सूचना पाए लगत्तै भद्रपुर–९ का कर्यवहाक वडाध्यक्ष र टोल विकास समितिका संयोजकसहितको टोलीले भद्रपुर–९ प्रणामी मन्दिर छेउको सुकुम्बासी बस्तीबाट ३६ ड्रम करिब एक हजार लिटर घरेलु मदिरा बरामद गरेको प्रहरी चौकी घोडामाराकी प्रमुख छत्र श्रेष्ठले बताउनुभयो ।
पक्राउ गरेको मदिरा हिजो साझ नै स्थानीय जनप्रतिनिधि, पार्टी प्रतिनिधि, विभिन्न टोल बिकास प्रमुख, सञ्चारकर्मी तथा स्थानीयबासीको रोहबरमा खल्डोमा पुरेर नष्ट गरिएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७