दमक नगरपालिका कार्तिक ६ गतेसम्मका लागि वन्द

दमक नगरपालिका कार्तिक ६ गतेसम्मका लागि वन्द


४ कार्तिक, झापा । झापाको दमक नगरपालिका आजदेखि फेरि तीन दिनका लागि वन्द भएको छ । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका आजदेखि कार्तिक ६ गतेसम्मका लागि वन्द भएको हो ।

दमक नगरपालिकाले हिजो पत्रकार सम्मेलनको आयोजना गर्दे सो जानकारी दिएको हो । नगर प्रमुख सहित दुई जना वडाध्यक्षमा संक्रमण देखिएपछि नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने सवै सेवाहरु बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता समेत रहनुभएकी नगर उपप्रमुख गिता अधिकारीले जानकारी दिनुभयो ।

पछिल्ला समय जनप्रतिनिधिसहित कर्मचारीहरुमा संक्रमण थपिदै गएको र संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ कार्य गर्नुपर्ने भएकाले नगरपालिकाका कार्यालय तथा १० वटै वडा कार्यालयहरु वन्द रहने उल्लेख छ । यसअघि पनि नगरपालिका गत असोज २० देखि २३ गतेसम्म पनि वन्द भएको थियो ।

नगरपालिकाले स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाएर मात्र दैनिक जिवनयापन, व्यवसाय गर्न अनुरोध गरेको छ । यस्तै निषेधाज्ञा पालना गर्न नगरवासीहरुसंग भनेको छ । अब नगरपालिका दशै पछि मात्रै खुल्ने छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर