२ थान भरुवा बन्दुक सहित पक्राउ

२ थान भरुवा बन्दुक सहित पक्राउ

खाेटाङ, २४ असोज ।  खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका ७ सल्लेनी बस्ने मेघराज राईलाई २ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा भरुवा बन्दुक अबैध रुपमा राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो ।

साथै डोटीकाे बोगटान फुडसिल गाउँपालिका ३ बस्ने ५१ वर्षीय हर्क बहादुर बिश्वकर्मालाई १ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा भरुवा बन्दुक छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चवराचौतारा डोटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर