सुरक्षा गार्डले नै पैसा चोरे

सुरक्षा गार्डले नै पैसा चोरे

२० असोज, सुनसरी । वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका सुरक्षा गार्डले नै विमारी कुरुवाको पैसा चोरी गरेका छन् ।
सुनसरी बराहक्षेत्रल–२ की दिलकुमारी राईको पर्सबाट नगद ४८ हजार चोरी गरेको बताईएको छ । विरामी कुरुवा राई आफन्तलाई फिस्टुलाको समस्या भएपछि विरामी संगै थिए ।

सर्जनरी वार्डको युनिट ३ ब्लकमा भिआइपी सेक्युरिटीका रुपमा खटिएका धरान–११ का सुरज श्रेष्ठले कुरुवा राईको रकम चोरी गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

श्रेष्ठलाई राति नै विमारी कुरुवाको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सबै सुतेपछि आरोपी श्रेष्ठले ती महिलाको सिरानीमा राखेको पैसा भएको पर्स निकाली ट्वाइलेटको भेण्टिलेटरबाट पैसा बाहिर निकाली पर्स पुनः सिरानीमा राखिदिएका थिए ।

अर्को क्याविनमा बसेका एक जना विमारीका आफन्तले देखेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । घट्नाबारे अनुसन्धान भइरहेको धरान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर