१८ असोज, काठमाण्डौँ । नेपाली काँग्रेसको भोलि (सोमवार)का लागि तय भएको केन्द्रिय समितीको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्यहरुलाई कोरोना भाइरसको संक्रमण भएपछि बैठक स्थगित भएका हो ।
अर्काे बैठक २५ असोजका लागि तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । काँग्रेसभित्र केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको विषय उठाउने तयारी भएको थियो ।
केन्द्रीय सदस्यहरु गगनकुमार थापा, अर्जुननरिसंह केसी, रमेश रिजाल, अजयकुमार चौरसिया, कल्पना चौधरी, जंगीलाल राय, शम्झुलाल श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।