पत्रकार मञ्च दमकको अक्षयकोषमा १८ हजार जम्मा

पत्रकार मञ्च दमकको अक्षयकोषमा १८ हजार जम्मा


१६ असोज, झापा । पत्रकार मञ्च दमक झापाको पत्रकार अक्षयकोषमा रु १८ हजार एक सय ८६ रुपैयाँ जम्मा गरिएको छ ।

मञ्चका अध्यक्ष मनकुमार गदालबाट रु तीन हजार, सामाजिक अभियान्ता सम्झना तामाङबाट रु ११ हजार एक सय ११ र अन्य संघ संस्थाबाट प्राप्त भएको रु चार हजार ७५ गरी जम्मा रु १८ हजार एक सय ८६ रुपैयाँ आज एनआईसी एसिया बैंकमा रहेको मञ्चको जम्मा गरिएको मञ्चका कार्यवाहक कोषाध्यक्ष धन बहादुर थेवेले जानकारी दिनुभयो ।

मञ्चको २०७७ जेठ ३२ गते बसेको बैठकले पत्रकार अक्षयकोष नाममा बैंक खाता खोल्ने निर्णय गरेको थियो । त्यसका लागी पत्रकार मञ्चका अध्यक्ष मनकुमार गदाल संयोजक, कार्यवाहक कोषध्यक्ष धन बहादुर थेवे सदस्य, कार्यसमिति सदस्य गीता ढुंगाना सदस्य रहेको समिती बनाइएको थियो ।

सोही निर्णय अनुसार गत असोज १४ गते पत्रकार मञ्च दमकको (पत्रकार अक्षयकोष) एनआईसि एसिया बैंकको दमक शाखामा (०३४४१५००३७१२१००२) खाता खोलीएको छ ।

आगामी केही बर्षमा नै रु पाँच लाख रुपैयाँको अक्षयकोष बनाई त्यसबाट प्राप्त ब्याज रकमले यहाँ क्रियाशिल सञ्चारकर्मी तथा पत्रकारको हितमा काम गर्ने बताइएको छ ।

अक्षय कोषका लागी सानो विनियमावली तयारी समिती बनाएर प्रक्रियामा गई अक्षय कोष नियमावली पारित गरिने मञ्चका अध्यक्ष तथा अक्षयकोषका संयोजक मनकुमार गदालले बताउनुभयो । गदालका अनुसार कसैको जन्मदिन विवाह, व्रतबन्ध जस्ता उत्सवको अवसरमा पनि अक्षयकोषमा रकम जम्मा गर्न सकिनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर