गौतम बिरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

गौतम बिरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा


१६ असोज, काठमाण्डौँ । नेकपाका उपाध्यक्ष बामदेव गौतम बिरुद्ध सर्वाेच्च अदालतमा परेको ‘संसद सदस्यको अयोग्यता सम्वन्धी’ मुद्दामा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.को संवैधानिक इजलासले आज पनि हेर्दा हेर्दैमा राखेको छ । अब यो मुद्दामा असोज २१ गते बुधबार बहस हुने अधिवक्ता सुरेन्द्र थापाले बताउनुभयो ।

मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभामा मनोनित गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उहाँ प्रत्यक्ष निर्वाचनमा पराजित भएकाले सांसद बन्न नपाउने भन्दै असोज ६ गते सर्वाेच्च अदालतमा रिट हाल्नुभएको थियो ।

सर्वाेच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले ‘गम्भीर संवैधानिक बहस जरुरी भएकोले’ गौतमलाई थप जिम्मेवारी नदिनु भन्दै असोज ७ गते अन्तरिम आदेश दिनुभएको थियो । साथै भट्टराईले दुवै पक्षलाई १४ गते उपस्थित हुन आदेश गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर