नेपालको संविधान विभेदकारी रहेको जसपा नेताहरुको भनाई

नेपालको संविधान विभेदकारी रहेको जसपा नेताहरुको भनाई


३ असोज, झापा । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारले घोषणा गरेको संविधान दिवसमा आफूहरुले भाग नलिने स्पष्ट पार्नुभएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा हिजो आफ्नो धारणा सार्वजनिक गर्दै नेता यादवले यस्तो बताउनुभएको हो ।

यादवले सामाजिक संञ्जाल फेशबुकमार्फत यस्तो लेख्नुभएको छ । उहाँले संविधानलाई विभेदकारी, अपुरो र त्रुटिपूर्णको संज्ञा दिनुभएको छ । संविधानले मधेशी, आदिवासी जनजाति, दलित शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समूदायहरुका साथै उत्पीडित जातजाति एवम् समूदायहरुले उठाउँदै आएका मुद्दाहरुलाई पनि सम्बोधन गर्न नसकेको यादवको टिप्पणी छ ।

यस्तै पूर्व प्रधानमन्त्री समेत रहनुभएका जसपाका वरिष्ठ तथा डा. बाबुराम भट्टराईले संविधान अपूर्ण भएकोले यसलाई पूर्ण बनाउनको लागि संशोधन गर्नुपर्ने आवश्यकत्ता रहेको बताउनुभएको छ । आफूहरुले औंल्याएको र निरन्तर यसको लागि जनदबाब सिर्जना गरिरहेको उहाँले स्पष्ट समेत पार्नुभएको छ ।

आज संविधान दिवसको दिन नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासंग कुरा गर्दे आफू आजको दिन आधा खुशी र आधा दुःखी रहेको पनि प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर