
२ असोज, सुनसरी । मदन भण्डारी स्पोर्टस् एकेडेमी सुनसरीले संविधान दिवसको अवसर पारेर असोज ३ गते रक्तदान तथा स्वास्थ्य परामर्श कार्यक्रम गर्ने भएको छ ।
सुनसरीको धरान लोकतान्त्रिक चौतारीमा बिहान ८ बजेदेखि कार्यक्रम शुरु हुने मदन भण्डारी स्पोर्टस् एकेडेमी सुनसरीले जनाएको छ ।
अस्पतालमा रगतको अभावलाई मध्यनजर गर्दै रक्तदानको आयोजना गरिएको एकेडमीका अध्यक्ष प्रसन्त पाठकले वताउनुभयो ।
कार्यक्रममा एक सय पिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको रक्तदान सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सहयोगमा स्वास्थ्य परामर्श पनि गरिने भएको छ ।
सेवक अभियानको सहकार्यमा आयुर्वेद सम्बन्धि पनि जानकारी दिईने कार्यक्रमका आर्थिक व्यवस्थापन मदन भण्डारी फाउण्डेसन सुनसरीले गर्ने फाउण्डेसनका सदस्य रवी खनालले बताउनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७