२२ भाद्र, इलाम । दक्षिणी इलामको माई नगरपालिका–४ मा रहेको सुखानी शहीद सहादत स्थलको विकासका लागि सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध युवा संघ नेपाल र सुखानी शहीद सहादत स्थल समितिकोे संयोजनमा भएको भेलामा सरोकारवालाहरुले विकाशका लागि प्रतिवद्धता जनाएका हुन् । इलामका प्रदेश सांसद काजीमान कागतेको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियामा माई नगरपालिकाका प्रमुख दीपक थेवे, उपप्रमुख बिष्णुमाया आचार्य लगायतको सहभागिता रहेको थियोे ।
भेलामा सहभागीहरुले विकासको कार्यमा ओझेलमा परेको इलामको सुखानीलाई भौतिक तथा पर्यटकीय क्षेत्रका रुपमा थप विकास गर्नुपर्ने बताएका थिए ।
सुखानीमा वि.स. २०२९ साल फाल्गुन २१ गते तत्कालीन पञ्चायती शासकहरुले झापा कारागारबाट इलाम जेल सार्ने भन्दै पाँच शहीदहरु नेत्र घिमिरे, रामनाथ दहाल, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र बिरेन राजवंशीको निर्ममता पुर्वक हत्या गरेका थिए । ।