जङ्गलमा लुकाएर राखेको तीन लाख मुल्यवरावरको काठ बरामद

जङ्गलमा लुकाएर राखेको तीन लाख मुल्यवरावरको काठ बरामद

२१ भाद्र, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको चारकोशे जङ्गलमा लुकाएर राखेको ५७ किवी गोलिया काठ बरामद भएको छ । प्रहरी चौकी तालतलैयाका असई देवी रमण तिम्सिनाको कमान्डको टोलीले इटहरी–३ याक्थुङ चौकदेखि केही मिटर पर जङ्गल भित्रबाट काठ बरामद गरेको हो ।

तस्करको समूहले उक्त काठ जङ्गलमै चिरानी गरी लोड गर्न तयारी गर्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । प्रहरीको टोली देख्नसाथ तस्करहरू भने फरार भएको असई तिम्सिनाले जानकारी दिनुभयो ।

बरामद काठको बजार मूल्य करिब तीन लाख रुपैँया रहेको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको काठ डिभिजन वन कार्यालय तरहराको रोहबरमा सरस्वती सामुदायिक वन कार्यालयलाई बुझाइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर