भ्रष्ट हाकिम र मल नल्याउने ठेकदारलाई कारवाही गर्ने विप्लव समूहको चेतावनी

भ्रष्ट हाकिम र मल नल्याउने ठेकदारलाई कारवाही गर्ने विप्लव समूहको चेतावनी

२१ भाद्र, काठमाण्डौँ । नेपालमा प्रतिवन्धित विद्रोही विप्लव समूहले केही ठेकदार र सरकारी कर्मचारीमाथि कारबाहीको चेतावनी दिएका छन् । सो समूहमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड) ले एक विज्ञप्ति जारी गर्दै कारवाहीको चेतावनी दिएका हुन् ।

काँकडभिट्टा–इनरुवा रेल्वे ठेक्कामा भ्रष्टाचार गरेको भन्दै रेल विभागका हाकिम र ठेकदारहरुका साथै मलको ठेक्का लिएर किसानलाई उपलब्ध नगराउने ठेकदार (प्रचण्डका घरबेटी) समेतलाई सरकारले तत्काल कारबाही गर्न सो विज्ञप्ती मार्फत माग गरिएको छ ।

सरकारले उनीहरुमाथि कारवाही नगरे आफ्नो पार्टीले कारबाही गर्ने प्रकाण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ती हेर्नुहोस्ः

प्रतिक्रिया:

सम्बन्धित खवर