
११ चैत्र, झापा । झापाको कमल गाउँपालिका ६ मंलवारेमा मोटरसाईकलको ठक्करबाट एक वेवारिसे वृद्धको मृत्यु भएको छ ।
दमकबाट लखनपुर जादै गरेको मे १० प ७२३० नम्वरको मोटरसाईकलले पाडाजुङ्गी–गौरीगंञ्ज सडक अन्र्तगत मंलवारे बजारमा गएराती ११ः३० बजे ठक्कर दिएको थियो ।
ठक्करबाट घम्भिर घाईते भएका ति व्यक्तिको दमक स्थित लाईफलाईन अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको थियो । न्यूरो अस्पतालमा उपचारको क्रममा ति व्यक्तिको आज विहान ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल चालक कमल गाउँपालिका ६ का अनिश राई पनि सख्त घाईते भएका छन् । उनको दमक स्थित लाईफलाईन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
मृतक व्यक्ति को हो भनेर खुलेको छैन । स्थानियका अनुसार ति व्यक्ति केही समय देखी मंलवारे चौकमा मागेर खाँदै सडक पेटीमा बस्थे ।
प्रहरीका अनुसार ति व्यक्तिको हुलिया मधेसी मुलको रहेको छ । उनको उमेर अन्दाजी ६० बर्षको रहेको जनाईएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७