कुलमानलाई निरन्तरता दिनेगरि उर्जामन्त्री पुनको प्रस्ताव तयार

कुलमानलाई निरन्तरता दिनेगरि उर्जामन्त्री पुनको प्रस्ताव तयार

१५ भाद्र, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नै निरन्तरता दिनेगरि उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले प्रस्ताव तयार पार्नुभएको स्रोतले बताएको छ ।

यही भाद्र २९ गतेबाट घिसिङको कार्यकाल सकिँदैछ । तर, उहाँको पक्षमा सामाजिक सञ्जालदेखि जनस्तरसम्म व्यापक माहोल देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि घिसिङलाई निरन्तरता दिन सकारात्मक देखिनुभएको छ ।

यसअघि सरकारका प्रवक्ता डा. युवराज खतिवडाले चने घिसिङलाई निरन्तरता नदिने संकेत गर्नुभएको थियो । पत्रकारको प्रश्नमा उहाँले सामाजिक सञ्जालले घिसिङलाई नियुक्ती दिएको भए अर्कै कुरा नत्र सरकारले नियुक्त गरेको छैन भन्ने जवाफ दिनुभएको थियो ।

स्रोतकाअनुसार उर्जामन्त्री पुनले यसअघि घिसिङको बारेमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि परामर्श गर्नुभएको थियो । दाहाल त सुरुदेखि नै घिसिङलाई नै उक्त पदमा निरन्तरता दिनुपर्ने पक्षमा हुनुहुन्छ ।

मन्त्री पुनले पनि दाहालकै निर्देशनबमोजिम घिसिङलाई निरन्तरता दिनेगरि प्रस्ताव तयार पार्नुभएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर