प्रेस संगठन इलामद्धारा कृयशिल पत्रकारहरुलाई पिपिई बितरण

प्रेस संगठन इलामद्धारा कृयशिल पत्रकारहरुलाई पिपिई बितरण


१४ भाद्र, इलाम । कोरोना संक्रमणको जोखिम बढेको भन्दै कार्यक्षेत्रमा खटिने इलामका पत्रकारहरुलाई प्रेस संगठनले पिपिई (व्यक्तिगत सुरक्षा सामाग्री) बितरण गरेको छ ।

जिल्ला सदरमुकाममा रहेर पत्रकारिता गर्ने क्रियाशिल पत्रकार र मिडिया हाउसलाई प्रेस संगठन नेपाल इलाम शाखाले एक कार्यक्रमको आयोजना गरी पिपिई उपलब्ध गराएको हो ।

पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का संघीय सांसद् झलनाथ खनालले पत्रकार र संचारमाध्यमका लागि भनेर २५ थान पिपिई र गगल्स उपलब्ध गराउनुभएको थियो । जस अनुरुप सदरमुकाममा कार्यरत १६ जना पत्रकारलाई पिपिई वितरण गरिएको हो ।

सदरमुकाम बाहिर रहेर रिर्पाेटिङ गर्ने पत्रकारलाई सोमबार पिपिई वितरण गरिने संगठनका इलाम संयोजक सुजन तिमसिनाले जानकारी दिनुभयो । कोरोना संक्रमणको जटिल समयमा रिर्पाेटिङमा खटिने पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखेर पिपिई उपलब्ध गराइएको हो ।

अस्पतालमा संक्रमितहरुको वास्तवीकता र स्वास्थ्यकर्मीको समस्या बाहिर ल्याउन फिल्डमै गएर रीपोर्टिङ गर्न पिपिईले मद्धत पुग्ने अपेक्षा लिइएको संयोजक तिम्सिनाको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जिल्लामा कोरोनाको संक्रमण बढदै जाँदा इलामेली पत्रकारहरु आफै सुरक्षित रुपमा कार्य गरिरहनु आफैमा उत्कृष्ट कार्य भएको बताउनुभयो । कोरोनाको कहरको समयमा कलम निष्पक्ष ढंगले चलाउँदै जनतालाई सचेत गराउने मुख्य दायित्व पत्रकारको रहेको कारण दबाबमा नपरी निष्पक्ष रुपमा समाचार सम्प्रेण गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका कार्यालय सचिव नवराज शंकरले कोरोनाको कहरको समय नेकपासंग आस्था राख्ने प्रेस संंगठनको कार्य सराहनिय भएको बताउनुभयो । उहाँले कोरोना सुरु भएसंगै संगठनले पत्रकारहरुको सुरक्षामा नेतृत्वदायी भुमिका खेल्नुका साथै पत्रकार सुरक्षाका निम्ति सहयोग गर्नु आफैमा सकारात्मक कार्य भएको बताउनुभयो । पत्रकार र राजनितिक दल एक अर्काको परिपुरक भएको कारण कुनै पनि सहयोग आवश्यक परेको खण्ड नेकपाले खुलेर सहयोग गर्न तयार रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सटेन्द्र जवेगुले संचारक्षेत्र अहिलेको कोरोनाको महामारीको अवस्थामा संकट रहेकाले यसलाई सुदृढ गर्न एकजुट हुनुपर्ने बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष सोम सुसेलीले कोरोनाको महामारीको अवस्थामा फ्रन्ट लाइनमा जाने पत्रकारहरुलाई पुर्व प्रधानमन्त्री झलनाथ खनालले राजनितिक पुर्वाग्रह नराखी स्वास्थ्य सामाग्री दिने काम सराहनिय भएको बताउनुभयो ।

कार्यक्रम समापन गर्दै प्रेस संगठन इलामका संयोजक सुजन तिमसिनाले राजनितिक पुर्वाग्रहन नराखि एक मिडिया कम्तीमा एक पिपिईका दरले वितरण गरिएको बताउनुभयो । उहाँले कोरोनको कहर सुरु भएसंगै संगठन पत्रकारको सारथी भएर उभिएकोले आगामी दिनमा पनि पत्रकारहरुको हितका निम्ति सक्ने सहयोगका लागि तत्पर रहने बताउनुभयो ।

पुर्वप्रधानमन्त्री खनालले पठाएको स्वास्थ्य सामाग्री सूर्याेदय नगरपालिका वडा नं १० का वडाध्यक्ष पेमा उगेन लामाले काठमाण्डौबाट इलामसम्म ल्याउनुभएको थियो । सूर्याेदय नगर प्रमुख रणबहादुर राईले खनालले पठाएको सामाग्री संगठनका संयोजक तिमसिनालाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रेस संगठनले यसअघि संचारगृह र संचारकर्मीलाई सर्जिकल माक्स र सेनिटाइजर समेत वितरण गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर