हिमाली र पहाडी जिल्लाबाट आन्तरीक उडान खोल्ने उड्डयनमन्त्रालयको तयारी

हिमाली र पहाडी जिल्लाबाट आन्तरीक उडान खोल्ने उड्डयनमन्त्रालयको तयारी

९ भाद्र, काठमाण्डौँ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ ।

पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने बताईएको छ ।

सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । ‘चाडबाड आएका छन्, उडान त खोल्नु परिहाल्छ ।’ आज मन्त्रालयमा आयोजित वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा मन्त्री भट्टराईले भन्नुभयो ।

तराईका जिल्लामा भने तत्काल उडान नखोलिने उहाँले बताउनुभयो । तराईमा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण ती क्षेत्रमा रहेका विमानस्थलको उडान भने अहिले नखोलिने उहाँको भनाई छ ।

पहाड र हिमाली भेगका विमानस्थलमा उडान खोल्ने गरी आफूले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने मन्त्री भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट खुल्नेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर