प्रधनमन्त्री ओलीद्धारा महिन्दा राजपाक्ष र एसएलपीपीलाई बधाई

प्रधनमन्त्री ओलीद्धारा महिन्दा राजपाक्ष र एसएलपीपीलाई बधाई

२४ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई उहाँको श्रीलंकन पिपुल्स पार्टी (एसएलपीपी) ले शुक्रबार सम्पन्न निर्वाचनमा पाएको बहुमतलाई लिएर बधाई दिनुभएको छ ।

ओलीले हिजो राजपाक्षलाई टेलिफोन गर्दै नेपाल सरकार र नेकपाको तर्फबाट बधाई तथा कार्यकालको लागि पनि शुभकामना दिनुभएको हो । दुई प्रधानमन्त्रीले नेपाल र श्रीलंका बीचको सम्बन्धलाई आगामी दिनमा थप मजबुद बनाउँदै जाने विषयमा कुरा गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

दुई प्रधानमन्त्रीले आ–आफ्नो मुलुकमा कोभिड–१९ को संक्रमणविरुद्ध लड्नको लागि भइरहेको राष्ट्रिय अनुभवको आदान–प्रदान गर्नुभएको थियो ।

उहाँहबीच कोरोना भाइरस संक्रमण सकिएपछि एक आपसमा उच्चस्तरीय भ्रमण गर्ने सम्बन्धमा पनि कुरा भएको थियो ।

यस्तै राजपाक्षले प्रधानमन्त्री ओलीलाई बधाई दिएकोमा धन्यवाद भन्दै नेपाल भ्रमणको निम्तो दिएको ट्वीटमार्फत जानकारी गराउनुभएको छ ।

राजपाक्षको पार्टी एसएलपीपीले संसदको २२५ सिटको मध्ये १४५ सिट जितेको थियो भने थप ५ सिट एसएलपीपीकै गठबन्धनमा रहेको पार्टीहरुले हात पारेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर