२३ श्रावण, सुनसरी । सुनसरीको धरान उपमानगरपालिकाका–१६ का एक व्यक्तिको मोवाइलमा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो (बिहिबार) आफ्नै घरमा मोवाइल चार्ज गर्न खोज्दा करेन्ट लगेर ६५ वर्षिय केशर बहादुर गुरूङको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
करेन्ट लागेर घाइते बनेका उनको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय धरानले जनाएको छ ।